+
+
Shares

गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ २० गते १९:४०
फाइल तस्वीर

२० भदौ, सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शनिबार साँझ करिब ६:२० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन आवतजावत रोकिएको छ ।

कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

वर्षा भइरहेका बेला सडक माथिबाट पहिरो, ढुंगा तथा लेदो खस्ने सम्भावना रहेकाले जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन तथा सडकको अवस्था बुझेर मात्र यात्रा सुरु गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले अनुरोध गरेको छ ।

रातिको समयमा यात्रा नगर्न समेत अनुरोध छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?