+
+
Shares

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १३:२९
कर्णाली राजमार्ग (फाइल तस्वीर)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
  • सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले बिहान ३:०० बजेदेखि नै पहिरो पन्छाउने काम भइरहेको बताए ।
  • सडक डिभिजन कार्यालयले वर्षायाममा सावधानी अपनाउन र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

२७ असार, जुम्ला । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी दिए ।

कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान ३:०० बजेदेखि काम भइरहेको छ । यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको उनको भनाइ छ ।

कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?