+
+
Shares

कर्णाली राजमार्ग स्तरोन्नति गर्न १ अर्ब बजेट विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णाली राजमार्ग स्तरोन्नतिका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको बताउनुभयो ।
  • आगामी आर्थिक वर्षमा कर्णाली कोरिडोरको ३१ किलोमिटर सडक कालोपत्रे गर्ने र भेरी कोरिडोर स्तरोन्नति गर्ने लक्ष्य सरकारले लिएको छ ।
  • जाजरकोटको मुल्साङदेखि जुम्लाको टोप्ला र चिसापानी–बबई सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने घोषणा बजेटमा गरिएको छ ।

१५ जेठ, सुर्खेत । सरकारले कर्णाली राजमार्ग स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै कर्णाली राजमार्ग स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन गरेको बताएका हुन् ।

संघीय सरकारले कर्णालीका सडक पूर्वाधारलाई प्रमुख पर्यटकीय क्षेत्रसँग जोडेर जडीबुटी, जलविद्युत्, पर्यटन र खानीजन्य क्रियाकलापलाई अघि बढाउने घोषणा गरे ।

उनले मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, जुम्लाहुँदै रारा र फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जडिबुटी, जलविद्युत्, पर्यटन र खानीजन्य क्रियाकलापलाई प्रश्रय पाउने व्यवस्था मिलाउँने बताएका छन् ।

अर्थमन्त्री वाग्लेले आगामी वर्ष कर्णाली कोरिडोरको ३१ किलोमिटर कालोपत्रे गर्ने र भेरी कोरिडोरको स्तरोन्नति गर्ने योजना पनि सरकाले अघि सारेको बताए ।  त्यस्तै जाजरकोटको मुल्साङदेखि जुम्लाको टोप्ला र चिसापानी–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने समेत उनले घोषण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?