+
+
Shares

ज्ञानेन्द्र शाहीको प्रश्न- बजेट त ५० खर्बको ल्याउन सकिन्छ, तर ऋण कहाँबाट ल्याउने ?

विगतमा पनि १८/१९ खर्बको बजेट आएर कार्यान्वयन गर्दा १३ खर्बमा झरेको इतिहास रहेको उनले टिप्पणी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १९:१६

१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले साडे ६ खर्ब बढी घाटा बजेट ल्याएकामा प्रश्न उठाएका छन् । शुक्रबार बजेट भाषणपछि संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै सांसद शाहीले बजेटमा देखिएको घाटा बजेटको आकार सामान्य नभएको बताएका हुन् ।

‘सरकारले जुन बजेट ल्याएको छ । त्यसका लागि ६५७ अर्ब २९ करोड पैसा पुग्दैन् । त्यो  सामान्य कुरा होइन,’ शाहीले भने, ‘बजेट ल्याउनु ठूलो कुरा होइन, बजेट त अहिले ५० खर्बको पनि ल्याउन सकिन्छ ।’

घाटा बजेटमध्ये दुई खर्ब ४७ खर्ब ऋण विदेशबाट ल्याउँछु भनेर सरकारले भनेको उनले बताए । ‘२४७ अर्ब २७ करोड विदेशबाट ऋण ल्याउँछु भनेको छ, यो सरकारले । ४१० अर्ब आन्तरिक ऋण, भनेको नेपालभित्रबाट म ऋण उठाउँछु भनेको हो,’ उनले भने ।

विगतमा पनि १८/१९ खर्बको बजेट आएर कार्यान्वयन गर्दा १३ खर्बमा झरेको इतिहास रहेको उनले टिप्पणी गरे ।

सबैभन्दा ठूलो कुरा घाटा बजेट कहाँबाट ल्याउने भन्ने चुनौती रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?