News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुभयो ।
- आगामी आर्थिक वर्षको बजेटमा गृह मन्त्रालयको बजेट करिब आधा कटौती भई १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।
- रक्षा मन्त्रालयको बजेट भने गत आर्थिक वर्षको तुलनामा केही वृद्धि भई ६४ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
१५ जेठ, काठमाडौं । गृह मन्त्रालयको बजेटमा आधा कटौती भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ बजेटअनुसार गृह मन्त्रालयको कूल बजेट १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार भने गृह मन्त्रालयको बजेट २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८२/८३ को तुलनामा गृह मन्त्रालयको बजेटमा करिब आधा कटौती भएको छ ।
यता रक्षा मन्त्रालयको बजेटमा भने केही वृद्धि भएको छ । शुक्रबार प्रस्तुत भएको बजेट अनुसार रक्षा मन्त्रालयको बजेट ६४ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०८२/८३ मा भने रक्षा मन्त्रालयको बजेट ६२ अर्ब १ करोड २१ लाख थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4