+
+
Shares

बजेटले आधारभूत वर्गलाई समेट्न सकेन : गुरु बराल

मध्यम वर्गलाई विस्तार गर्नेगरी ढोका खोल्न नसकेको पनि उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद गुरु बरालले सरकारको नयाँ बजेटले आधारभूत वर्गलाई समेट्न नसकेको टिप्पणी गरेका छन् ।
  • सांसद बरालले बजेटले मध्यम वर्गको विस्तार, व्यावसायीकरण र उद्यमशीलता विकासका लागि ढोका खोल्न नसकेको बताए ।
  • बजेटबारे टिप्पणी गर्दै सांसद बरालले "सक्नेले छोड्ने, नसकेकोलाई जोड्ने भनेर पछि हट्न खोजेको छ" भनी बताए ।

१५ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले बजेटले आधारभूत वर्गलाई समेट्न नसकेको टिप्पणी गरेका छन् ।

बजेट भाषणपश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले आधारभूत वर्गलाई सरकारले समेट्न नसकेको बताएका हुन् । ‘आधारभूत वर्गका लागि अवसर बृद्धि गर्ने खालका योजना र कार्यक्रमहरु समेटेको छैन,’ उनले भनेका छन् ।

मध्यम वर्गलाई विस्तार गर्नेगरी ढोका खोल्न नसकेको पनि उनले बताए । ‘मध्यम वर्ग बिस्तारको कुरा उठाइएको छ । तर त्यसलाई व्यावसायीकरण गर्ने, क्षमतालाई अभिबृद्धि गर्ने र उनीहरुको उद्यमशीलता विकास गर्ने तर्फ ढोका खोल्न सकेको छैन,’ बरालले भने ।

सामाजिक सुरक्षाका कार्यक्रमबाट सरकार पछि हट्न खोजेको पनि उनले बताए । ‘सक्नेले छोड्ने, नसकेकोलाई जोड्ने भनेर पछि हट्न खोजेको छ,’ बरालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?