
१४ साउन, काठमाडौं । पर्सा प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बिश्रामपुर-५ इटियाहीका १९ वर्षीय शेख अजाद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको गस्ती टोलीले उनलाई मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ गण्डक चोकबाट नियन्त्रणमा लिएको हो ।
उनको साथबाट २/२ सय थान नुर्फिन, फेनारगन र डाइजेपाम बरामद भएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4