Comments Add Comment

म ओलीको पक्षमा लागेको छैन : मणि थापा

१४ साउन, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले आफू केपी ओलीको पक्षमा नलागेको बताएका छन् । र, आफू प्रचण्डको पक्षमा पनि नरहेको उनले संकेत गरेका छन् ।

पूर्वमाओवादी खेमाका नेता थापा पछिल्लो समय प्रचण्ड समूह छाडेर केपी ओलीको पक्षमा लागेको चर्चा चलिरहेको छ । तर, थापाले बुधबार रिपोर्टस क्लबमा उपस्थित भएर भने, ‘म ओलीको पक्षमा लागेको छैन, म कसैको पक्षमा लागेको छैन । म पार्टी एकताको पक्षमा लागेको हो ।’

थापाले केपी ओली र प्रचण्ड आपसमा मिल्दा पार्टी एकता बलियो हुने दाबी गरे । उनले भने, ‘दुईटा नेतावीच सहमति भयो भने पार्टी एकता बलियो हुन्छ । त्यसकारण म पार्टी एकताको पक्षमा लागेको हुँ । दुईटा नेताहरुको सहमतिमा स्थायी कमिटीको मिटिङ चाँडै हुन्छ र यो द्वन्द्व म्यानेज हुन्छ ।’

मंगलबार बालुवाटारमा आयोजित स्थायी कमिटीको बैठकमा उपस्थित नभएका थापाले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्ष वैचारिक नभएर पद र प्रतिष्ठाका लागि मात्र भएको भन्दै ओली समूहको बचाऊ गरे । उनले भने, ‘यो शक्ति संघर्ष कुनै वैचारिक होइन, व्यक्तिगत पद र प्रतिष्ठाका लागि जस्तो देखिएको छ ।’

वामदेव गौतमले प्रस्तुत गरेको ६ बुँदे प्रस्ताव र बालुवाटारको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को अनुपस्थितिले नेकपाको शक्ति सन्तुलनमा फेरबदल आएको थापाको दाबी छ ।

थापाले अब ओली पक्ष बलियो भएको संकेत गर्दै अब पाँच वर्ष नै केपी ओली प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिकामा रहने र चैत्रमा एकता महाधिवेशन्न सम्पन्न हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment