+
+
Shares

युएस बंगला एयरलाइन्सको मुद्धामा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १७:४४

१४ साउन, काठमाडौं । युएस बंगला एयरलाइन्सले काठमाडौंमा विमान दुर्घटना हुँदा मृत्यु भएका नेपाली विद्यार्थीको आमाबाबुले क्षतिपूर्ति माग गरी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको कारवाही रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

विमान कम्पनी र पीडित दुवैतर्फको सुनुवाइपछि सर्वोच्च अदालतले साउन ११ गते अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश दिएको हो। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजालासले जिल्ला अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पर्ने गरी सो मुद्दामा अन्तरिम आदेश जारी गर्न न्यायोचित र मनासिब आधार नभएको तथा निवेदकलाई अपूरणीय क्षति पुग्ने अवस्था पनि नदेखिएको भन्दै अन्तरिम आदेश अस्वीकार गरेको हो ।

उक्त रिटको अर्को पेशी आगामी भदौ ९ गतेका लागि तोकिएको छ।

सन् २०१८ मार्च १२ तारिखका दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको  युएस बंगला विमान दुर्घटनाका पीडितलाई नेपालमा मुद्दा गर्न अधिकारक्षेत्र समेत नभएको भन्दै बन्दाबन्दीको अवधिमै विमान कम्पनी एवं बिमा र पूनर्बिमा कम्पनीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

युएस बंगला एयरलाइन्‍स र विमान चालकको हेलचेक्र्याइँ र चरम लापरवाहीबाट दुर्घटना भई उक्त विमानमा सवार नेपाली नागरिकहरुको मृत्यु भएको भनी मृतक सात जनाका आमाबाबुले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको न्याय निरुपण गर्न नेपालमै अधिकारक्षेत्र कायम हुने भनी काठमाडौं जिल्ला अदालतले २०७६ मंसिर १९ गते आदेश दिएको थियो । उक्त आदेश उच्च अदालत पाटनले गत २०७६ फाल्गुन २३ गते सदर गरेको थियो ।

तर विमान सञ्चालक कम्पनी एवं उसका बिमा र पूनर्बीमा कम्पनीले जिल्ला अदालतमा विचाराधीन मुद्दाको सबै कामकारवाही रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?