Comments Add Comment

सुडानबाट २ सय ५० शान्ति सैनिक स्वदेश फर्किँदै

१४ साउन, काठमाडौं । शान्ति सैनिकका रुपमा सुडानमा आफ्नो ड्यूटी पुरा गरेका नेपाली सेनाका २ सय ५० कर्मचारी आज काठमाडौं फर्किँदैछन् । नेपाल एयरलाइन्सको वाइडबडी जहाज मंगलबार राती सुडानतर्फ उडेको थियो ।

उक्त जहाजले काठमाडौंबाट २ सय ३८ शान्ति सैनिक बोकेर सुडान लागेको थियो । यो जहाज ओमानको मस्कटमा ट्रान्जिट लिएर सुडानतर्फ लागेको हो ।

यो जहाज सुडानबाट भने सिधै काठमाडौं आउने छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शान्ती सैनिक बोकेको यो जहाज सवा ९ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ ।

लकडाउनपछि संयुक्त राष्ट्रसंघका लागि नेपाल एयरलाइन्स गरेको यो दोस्रो चार्टर्ड उडान हो । यसअघि नेपाल एयरलाइन्स पहिलो पटक अपि|mकी मुलुक जाने क्रममा माली र सेन्ट्रल अफ्रिकन रिपब्लिक पुगेको थियो ।

यी दुई गन्तब्यमा समेत नेपाल एयरलाइन्सले शान्ति मिसनमा खटिएका सेनाका जवान तथा अधिकृत नै बोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment