Comments Add Comment

कालीकोटको महावैमा पहिरो जाँदा बालिकाको मृत्यु, एक बेपत्ता

१४ साउन, सुर्खेत । कालीकोटको महावै गाउँपालिकामा पहिरोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

वडा नम्बर ७ मा बुधबार दिउँसो आएको पहिरोले तुलबहादुर महतराको घर पुरिँदा सात वर्षकी संगीता भण्डारीको मृत्यु भएको हो ।

त्यस्तै १२ वर्षका गणेश महतरा घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।

एसएसपी बास्तोलाका अनुसार तुलबहादुरको घरको आगनमा ६ जना बालबालिका खेलिरहेका थिए । एक्कासी पहिरो आउँदा एक जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन् । अन्य चार जना भने गम्भीर घाइते भएका छन । घाइतेहरुको ओदा फाउण्डेशनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी घटनास्थलतर्फ पुगिसकेको र स्थानीयको सहयोगमा खोजी भइरहेको एसएसपी बास्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment