+
+
Shares

अंकिताको बयान–‘सुशान्त रियासँग खुशी थिएनन्’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १३:२०

नायक सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखन्डेले बिहार प्रहरीसँग कुरा गर्दै नयाँ कुराको खुलासा गरेकी छिन् । उनले, सुशान्त नायिका रिया चक्रवर्तीसँग खुशी नभएको बताएकी छिन् ।

सुशान्तका पिता केक सिंहले प्रहरीमा एफआइआर दर्ता गरेपछि रिया चक्रवर्तीको खोजीमा प्रहरीले लागेको छ । भारतीय मिडियाका अनुसार, अंकिताले प्रहरीसँग दिएको बयानमा भनेकी छिन्–‘सुशान्त रियासँगको प्रेममा खुशी थिएनन् । उनी, रियासँगको प्रेमबाट बाहिर निस्कन चाहन्थे ।’

आफ्नो डेब्यू चलचित्रको समयमा बधाई दिन सुशान्तले मेसेज गरेपछि यो बिषयमा कुरा भएको अंकिताको भनाई छ । कुराकानीका क्रममा सुशान्त भावूक भएको र आफूलाई रियासँगको सम्बन्धको बिषयमा बताएको अंकिताले प्रहरीसँगको बयानमा भनेकी छिन् ।

रियाविरुद्ध एफआइआर दर्ता भएपछि अंकिताले सामाजिक संजालमा ‘सत्यको जित हुन्छ’ भनेर लेखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?