+
+
Shares

कालीकोटको सान्नी त्रिवेणिमा पहिरोमा परी दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १४:२९

१५ साउन, सुर्खेत । कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर-६ बुढागाउँका ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी नाता पर्ने २९ वर्षीया तारा संज्यालको मृत्यु भएको हो ।

बिहीबार बिहान खानेपानी लिन लालिखोला गएकोबेला पहिरोमा परी ससुरा बुहारीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।

एसएसपी बास्तोलाका अनुसार पर्शुराम संज्याल पहिरोमा परी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रम्मा मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता भएकी तारा संज्यालको भने शव निकालिएको प्रहरीले जनाएको छ ।

बुधबार मात्रै कालीकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोमा परेर एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?