Comments Add Comment

हरिवंशको गाइजात्रा गीत ‘तिमी के को जान्ने ?’

कलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा गीत सार्वजनिक गरेका छन् । हरिवंशकै शब्द, स्वर तथा संगीतमा तयार भएको यो गीतले देशको समसामयिक बिषयमा ब्यङ्ग्य प्रहार गरेको छ । गायक आचार्यको यो गीतले शक्तिमा रहेको एक नेताको चाँकडी कसरी गरिन्छ र उसले आफूलाई कसरी देवत्वकरण गरिरहेको छ भन्ने बिषयमा ब्यङ्ग्य प्रहार गर्न खोजेको छ ।

शक्तिमा रहेको मानिसलाई कसरी देवत्वकरण गरिएको छ भन्ने पनि गीतमा बताउन खोजिएको छ । सागरराज शर्माको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरि हुमागाँइको छायांकन, सुशिल न्यौपानेको सम्पादन तथा भीएफएक्स छ ।

भिडियोमा हरिवंश आचार्यलाई नेताको भूमिकामा देख्न सकिन्छ । उनको साथमा शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतले भिडियोमा अभिनय गरेका छन् । यो गीतलाई नेपालका सम्पूर्ण राजनीतिक दलहरुमा समर्पित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment