Comments Add Comment

काठमाडौं प्रवेश गर्ने नाकामा स्वाब दिएकामध्ये २४ जनामा कोरोना पुष्टि

१५ साउन, काठमाडौं । काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

सरकारले केही दिनयता काठमाडौं प्रवेशविन्दुमै स्वाब संकलन गर्दै आएको थियो । नागढुंगामा ४ हजार ७१०, फर्पिङमा १ हजार २८२ र साँगामा २ हजार ४०९ जनाको स्वाब संकलन गरिएको थियो ।

नागढुंगामा संकलितमध्ये २ हजार ३०२ को परीक्षण गर्दा ३ जना, फर्पिङमा संकलित ७४१ को परीक्षण गर्दा १० जना र साँगामा संकलित ४३० जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment