Comments Add Comment

जाजरकोटमा विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ५ पुग्यो

१६ साउन, सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-१ स्याक्रीमा  विषालु च्याउको तरकारी खाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएपछि संख्या पाँच पुगेको हो ।

ललितको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भैहरेको थियो । उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले जानकारी दिए ।

बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र दुईजनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए । ढिलोगरी अस्पताल ल्याएकोले च्याउको विषले धेरै असर गरिसकेको हुँदा बचाउन नसकिएको उनको भनाइ छ ।

यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा प्रदेश अस्पतालमै मृत्यु भएको थियो । ३ वर्षीया छोरी अञ्जनाको भने सोमबार गाउँमै मृत्यु भएको थियो ।

घरमुली टेकबहादुर चलाउने, उनकी बुहारी ३० वर्षीया कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment