+
+
Shares

धादिङ प्रशासनले रद्द गर्‍यो सवारी पास

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १४:२१

१६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई रद्द गरेको छ । शुक्रबार सूचना जारी गरी काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने पास रद्द गर्ने निर्णय गरेको हो ।

अहिले धादिङ जिल्लामा आन्तरिक रुपमा सार्वजनिक सवारी समेत सञ्चालनमा छ । तर विभिन्न जिल्लाबाट नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोले हाललाई पास बन्द गरेको प्रशासनका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?