+
+
Shares

घरमै नमाज पढेर ईद मनाउनू : मुस्लिम आयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १७:३१

१६ साउन, वीरगञ्ज । मुस्लिम आयोगले इज उल अज्हा (ईद) घरमै नमाज पढेर मनाउन आग्रह गरेको छ । आयोगले नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै सम्पूर्ण मुस्लिम समुदायमा यस्तो अनुरोध गरेको हो ।

‘…ओल्माहरू, मुफ्तिहरू, नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाह बमोजिम अन्य सबै आ–आफ्नो तरिका अनुसार घरमै बसी नमाज पढी ईद मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु’ आयोगका अध्यक्ष समिम मियाँ अन्सारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

यद्यपि इद उल अज्हाको नमाज मस्जिदमा पाँच जनासम्मले पढ्न पाउने अन्सारीले जनाएका छन् । कोभिड–१९ रहँदासम्म सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका अन्य उपाय अपनाउन पनि अध्यक्ष अन्सारीले आग्रह गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?