+
+
Shares

पौडी खेल्दा तिनाउमा डुबेर दुई जना वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १९:४३
तिनाउ नदीको तस्वीर ।

१६ साउन, बुटवल । तिनाउ नदीमा डुबेर रुपन्देहीमा दुई जना वेपत्ता भएका छन् ।

सियारी गाउँपालिका–३ जगहताकी ६ वर्षकी ज्योति चौधरी र बुटवल उपमहानगरपालिका–११ झोलुंगेपुलका १९ वर्षका हरि दर्जी बेपत्ता भएका रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

मामाघर गएकी ज्योति हजुरआमासँग बाख्रा चराउन गएका बेला तिनाउमा नुहाउने क्रममा डुबेकी हुन् । यस्तै बुटवल–११ झोलुङ्गेपुलस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा स्थानीय हरि दर्जीलाई तिनाउले बगाएको हो ।

बेपत्ता भएकाहरुको प्रहरी टोलीले खोजतलास गरिरहेको डीएसपी खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?