+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

उच्च अदालतको आदेश : प्रदेश २ मा भारतबाट प्रवेशमा कडाइ गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते २०:१७

१६ साउन, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ ।

अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डिल्लीराज आचार्यको इजलासले नेपाली नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी प्रवेश गर्नु दिनुबाहेक अरु कसैलाई पनि नेपाल प्रवेशमा निषेधात्मक रुपमा कडाइ गर्न पर्सा जिल्ला प्रशासन कार्यालयलाई अन्तरिम आदेश दिएको हो ।यस्तो व्यवस्थामा प्रदेश २ का सबै जिल्लामा एकरुपता कायम गर्न पनि उच्च अदालतले आदेश दिएको छ ।

अदालतले पर्सा जिल्लाको नेपाल भारत सीमा क्षेत्रका वासिन्दालाई भारत आवत जावत नियन्त्रणमा कडाइ गर्न र जनचेतना अभिवृद्धि गर्न आदेश दिएको छ ।

कोरोना महामारीको समयमा अरु बिरामीको उपचार प्रभावकारी नभएको भन्दै उच्च अदालतले नारायणी अस्पतालमा बहिरंग सेवा सञ्चालन गर्न पनि आदेश दिएको छ । कोभिड संक्रमण बाहेकका अन्य विरामीहरुको उपचारको व्यवस्था अदालतको आदेश प्राप्त मितिले बढीमा १५ दिनभित्र नारायणी अस्पतालबाट सुरु गर्न आदेश दिएको हो ।

त्यस्तै कोरोना महामारीका कारण मृत्यु भएङ्का व्यक्तिको दाहसँस्कार मृत्युअघि निजले ब्यक्त गरेको इच्छा वा मृतकका परिवारका निकटम् सदस्य (अभिभावक) को इच्छा बमोजिम साँस्कृतिक परम्परालाई सम्मान गर्दै जलाउने वा गाड्ने कार्यलाई निरन्तरता दिन आदेश दिएको छ ।

प्रादेशिक स्तरमा नदी वा एकान्तपनसहितको वातावरणीय अनुकूल एवम यथासभ्मव सहज पहुँचको स्थानमा कम्तीमा प्रादेशिक रुपमा एक बिद्‍युतीय शबदाह गृह स्थापना गर्न पनि अदालतले प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?