+
+
Shares

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

अर्का संक्रमितको अवस्था गम्भीर

सुरेश बिडारी सुरेश बिडारी
२०७७ साउन १७ गते १७:१९

१७ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।

नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो ।

र, शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको छ । शुक्रबार भएको भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए ।

उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ ।

ट्राभल हिस्ट्री भएका वृद्धको मृत्यु

यसैबीच वीरगञ्ज-१६ नगवा गणेश टोलमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । बारा घर भई वीरगञ्जमा बस्दै आएका ६५ बर्षीय विद्यासागर जयसवालको मृत भेटिएका हुन् ।

बिजुलीको मिस्त्रीको काम गर्दै आएका उनी एक महिना अघि दिल्लीबाट आएका थिए । घरको ढोका खुल्लै देखेर छिमेकीले हेर्दा सुत्ने कोठाको भुँईमा मृत अवस्थामा भेटिएका थिए ।

स्वास्थ्यकर्मीको टोलीले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर लगिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । ‘दिल्ली ट्राभल हिस्ट्री भएको जानकारी आएको छ, त्यसैले कोरोनाबाट मृत्यु भएको आशंकामा स्वाब संकलन गरिएको छ’ उनले भने, ‘प्रहरीले पाि अनुसन्धान गर्दैछ ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?