
१७ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् । विश्वव्यापी बनेको कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडि बढाउनुपर्ने डा. रेग्मीले बताए । १४ दिनसम्म क्वारेन्टिनमा बस्ने गरी कुनै पनि पर्यटन नआउने कुरालाई मध्यनजर गर्दै द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा राख्ने र कुनै लक्षण नदेखिए घुम्न पठाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए । ‘१४ दिन यता र १४ दिन आफ्नो देश फर्केर क्वारेन्टिनमा बस्नुपर्ने अवस्थामा कसरी घुम्न आउँछन पर्यटक ?’ ‘चाइनिज टुर अपरेटर्स एलाएन्स नेपाल’ घोषणा कार्यक्रममा उनले भने ।
नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको अवसरमा ‘चाइनिज टुर अपरेटर्स एलाएन्स अफ नेपाल’ घोषणा भएको छ । नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई प्रदान गरिँदै आएका सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले एलाइन्स घोषणा गरिएको हो ।
२५ जना सदस्य रहेको एलाइन्सले विगतमा चिनियाँ व्यवसाय सञ्चालनको क्रममा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडी बढ्ने उद्देश्य राखेको छ ।
नेपाली टुर एण्ड ट्राभल्स व्यवसायीहरुको छाता संस्थाको रुपमा गठन गरिएको एलाएन्सको संयोजकमा विश्वेस श्रेष्ठ छन् । अन्य बोर्ड सदस्यहरुमा बरुण मेहता, कल्याण राज शर्मा, पुष्कर राज पाठक र हरिप्रसाद पराजुली छन् ।
प्रतिक्रिया 4