+
+
Shares

विपद पीडितलाई प्रदेश सरकारले तीन महिना खाद्यान्न दिने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते १५:५६

१८ साउन, सुर्खेत । विपद पीडित परिवारका लागि कर्णाली प्रदेश सरकारले तीन महिना खाद्यान्न उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोलगायतका विपदमा परेकाको परिवारका लागि तीन महिना खान पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णाय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिइन् ।

यस्तै प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको परिवारलाई आवास निर्माणका लागि राहतस्वरुप प्रति परिवार एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

‘कर्णालीका विभिन्न जिल्लामा बाढी पहिरोमा परी धेरै जनधनको क्षति हुनुका साथै र घरबारविहीन भएका छन्’ प्रवक्ता केसीले भनिन्, ‘प्राकृतिक विपदका कारण घरबारविहीन भएकाहरुलाई तत्काल आवास तथा खाद्यान्न उपलब्ध गराउने छौं ।’

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपदमा परी ज्यान गुमाउने नागरिकका लागि २ लाख रुपैयाँको बिमा गरिसकेको छ ।

तर यसअघि २०७१ सालका सुर्खेतका बाढीपीडित भने ७ बर्ष बितिसक्दा पनि त्रिपालमुनि नै बस्न बाध्य छन् । बाढीपीडितका लागि यसअघि पनि प्रदेश सरकारले विभिन्न आश्वासन र योजना अघि सारे पनि अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?