+
+
Shares

काठमाडौंमा टेम्पो चालकलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते १८:५५

१८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सफा टेम्पो चालकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

बाराबाट आइतबार मात्र काठमाडौं उपत्यका आइपुगेका थिए । त्यसक्रममा नाकामा स्वाब संकलन गरिएको थियो । त्यसपछि कोठामा पुगेका उनले लगातार शंमखुल रुटमा टेम्पो चलाए ।

४५ वर्षका उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएको खबर आउँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए । प्रहरी र सुरक्षाकर्मीको टोलीले उनलाई त्यहीँबाट आइसोलेसन सेन्टरमा लगेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए ।

राईका अनुसार उपत्यकामा ७१४ वटा सफा टेम्पो छ भने करिव एक हजार चालक छन् ।

धेरै टेम्पो सामूहिक रुपमा ग्यारेन्जमा राख्छन् र चार्जिङ स्टेशनमा पनि भेटघाट गर्ने गर्छन् । यसैले एक जना चालकलाई संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरुको सम्पर्कमा धेरै मानिस आएको हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?