Comments Add Comment

जेनोअ जोगियो, लेसे रेलिगेसनमा

१९ साउन, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत गएराति ५ खेल भएपछि यस सिजन युरोपका ठूला लिगहरु अब सकिएको छ । सिरी ए मा युभेन्ट्सले लगातार नवौं पटक उपाधि जित्दै कीर्तिमान बनाउँदा लाजियो १२ वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्कन सफल भएको छ ।

यस्तै गएराति भएको खेलहरुपछि सिरी ए मा रेलिगेसनमा पर्ने टिमहरुको समेत टुङ्गो लागेको छ । एसपीएल र ब्रेस्किअ यसअघि नै रेलिगेसनमा परिसकेका थिए । यस्तोमा रेलिगेसन पर्ने तेस्रो टिमको टुङ्गो अन्तिम खेलपछि लागेको छ ।

अन्तिम खेलमा भेरोनालाई ३-० ले पराजित गरेको जेनोअ सिरी ए मै रहन सफल भयो । जेनोअ रेलिगेसनमा परेको लेसे भन्दा ४ अंक माथि रह्यो । लेसे भने अन्तिम खेलमा पार्मासँग ४-३ ले पराजित भएपछि रेलिगेसनमा परेको छ ।

३८ खेलपछि जेनोअले ३९ अंक जोड्दा लेसेले ३५ अंक मात्र जोड्न सक्यो । यस्तै पुछारमा रहेको एसपीएल फियोरेन्टिनासँग ३-१ ले पराजित भयो । ३८ खेलबाट ४९ अंक जोड्दै फियोरेन्टिनाले १०औं स्थानमा लिग सकायो । एसपीएल भने २० अंक जोड्दै अंक तालिकामा पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।

अन्तिम दिन अन्य खेलमा उडिनेसीले ससुलोलाई १-० ले हराउँदा टवरिनो र बोलोग्नाले १-१ को बराबरी खेलेका छन् ।

युरोपका ठूला लिगहरु समाप्त भएपछि अब सबैको ध्यान युरोपियन च्याम्पियन्स लिगतिर सोझिएको छ । कोरोना महामारीका कारण मार्चदेखि स्थगित युरोपियन च्याम्पियन्स लिगका खेलहरु अगष्ट ७ अर्थात आउने शुक्रबारदेखि शुरु हुँदैछ । यस पटक क्वाटरफाइनलदेखिका खेलहरु पोर्चुगलको लिस्वनमा हुनेछ र सिंऊल लेगको खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment