Comments Add Comment

गुल्मीमा दलित र गैरदलितको सामूहिक रक्षाबन्धन

१९ साउनु, गुल्मी । गुल्मीमा दलित र गैरदलित मिलेर सामूहिक रक्षाबन्धन कार्यक्रम गरेका छन् । विश्व हिन्दु महासंघ तथा दलित साझा मञ्च गुल्मीको आयोजनामा हिन्दु धर्मको संरक्षण र सामाजिक सद्भावका लागि जिल्ला सदरमुकाम तम्घासमा सामूहिक रक्षाबन्धनको आयोजना गरेका हुन् ।

तम्घासमा विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागितामा औपचारिक कार्यक्रम गरेर सामूहिक रक्षा बन्धन बाँध्ने काम गरिएको हो ।

जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा सबै जातजाति, समुदायबीच सामाजिक सद्भावका लागि सामूहिक रक्षाबन्धनको आयोजना गरिएको दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले बताए ।

सामाजिक त्रुटिका रुपमा रहेको जातीय विभेद्को अन्त्यका लागि सामूहिक रक्षाबन्धनको आयोजना गरिएको विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्ऽ भुसालले बताए ।

सामूहिक रक्षाबन्धन ब्रहमाण पण्डितहरुद्वारा सामूहिक डोरो बाँध्ने कार्यक्रम आयोजना गरिएको थियो । दलित र गैरदलित समुदायसँगै सामूहिक रक्षाबन्धन कार्यक्रममा पण्डित भीमकान्त पन्थीद्वारा पहिलो पटक रेसुङ्गा नगरपालिका निवासी ८३ वर्षकी जानकी विश्वकर्मा, ८० वर्षीय सुर्यबहादुर नेपाली र ७० वर्षीय दधिराम परियारलाई डोरो बाँधेर कार्यक्रम सुरुआत गरिएको थियो ।

कार्यक्रममा युवा पण्डित भीमकान्त पन्थीले सामूहिकरुपमा सबैलाई डोरो बाँध्ने काम गरेका थिए । उनले सामूहिकरुपमा बाँधिएको डोरोले सबै जातिलाई एकै ठाउँमा बाँध्ने काम गरेको बताए ।

कार्यक्रममा प्रदेश नम्बर ५ का सांसद कमलराज श्रेष्ठ, जिल्ला स्थित राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहित सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरुको सहभागित रहेको थियो ।

उनीहअरुले दलित र गैरदलित बीच भएको दुरी र बिकृति विसंगतिलाई अत्यका लागि सामूहिक रक्षाबन्धन राखिएको प्रति आयोजकलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment