Comments Add Comment

कर्णालीमा थपिए ६ जना कोरोना संक्रमित, ६ जना डिस्चार्ज

१९ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेख, सुर्खेत र रुकुम पश्चिमका दुई/दुई जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कणर्ाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९४५ पुगेको छ ।

यस्तै, कणर्ालीमा सोमबार थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १७२८ पुगेको छ ।

कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २११ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment