Comments Add Comment

केही क्षेत्रमा भल्भ भएको मास्कमाथि किन प्रतिबन्ध लागेको छ ?

१९ साउन, काठमाडौं । विश्वभरका धेरै स्थानमा भल्भ भएको मास्क नलगाउन सुझाव दिइएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यका शीर्ष स्वास्थ्य अधिकारीले भल्भ भएको मास्क नलगाउन चेतावनी पनि दिएका छन् । भल्भ भएको मास्क लगाउँदा दोस्रो व्यक्तिलाई जोखिम बढी हुने भन्दै अधिकारीहरुले यस्तो मास्क नलगाउन चेतावनी दिएका छन् ।

प्राध्यापक ब्रेट सटनले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट गरेका छन् । जसमा उनले भल्भ भएको मास्क लगाउँदा श्वासप्रश्वासमा सहज हुने र मास्क पनि ओसिलो हुँदैन ।

‘तर, यसमा तपाईंले श्वासप्रश्वासको क्रममा भाइरस बाहिर छाड्न सक्नुहुन्छ । त्यसैले सायद यसले तपाईंलाई सुरक्षित राख्न सक्छ, तपाईं संक्रमित हुनुहुन्छ भने अन्य मानिसलाई भने संक्रमण हुनबाट बचाउन सक्दैन’, उनले भने ।

फस्ट कम्पनीका अनुसार शुरुआती समयमा यस्ता मास्क कारखाना र कोइला खानीमा काम गर्ने मानिसका लागि लगाउन बनाइएको थियो । कारखाना वा खानीमा भल्भ भएको मास्क लगाएर काम गर्दा मानिसहरुलाई श्वासप्रश्वासका लागि पनि सहज हुने र हानिकारक धुलो पनि रोक्न सकिने भएकाले यस्ता मास्क प्रयोग गरिन्थ्यो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment