Comments Add Comment

बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृतसहित २ जना अख्तियारको नियन्त्रणमा 

१९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ ।

बा.२ झ. १८७३ नं. को गाडीमा स्रोत नखुलेको रकम लिएर यात्रा गरिरहेको सूचनाको आधारमा बुटवलबाट खटिएको आयोगको टोलीले उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

उनीहरुको साथबाट स्रोत नखुलेको ३ लाख ४८ हजार नगद र विभिन्न मितिको ५ लाख ५० हजारको बैङ्क भौचर बरामद भएको प्रवक्ता अधिकारीले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment