+
+
Shares

पोखरीमा डुबेर रुपन्देहीमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते १८:०८

१९ साउन, बुटवल । रुपन्देहीको तिलोत्तमामा माछापोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । तिलोत्तमा–६ पूर्व पौनीमा ४६ वर्षका रामबहादुर चौधरी माछालाई दाना हाल्ने क्रममा चिप्लिएर पोखरीमा डुब्दा मृत्यु भएको हो ।

चौधरीलाई श्रीमती र छोराले स्थानीयको सहयोगमा बाहिर निकाली क्रिमसन अस्पताल मणिग्राममा पुर्‍याए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।

घटनाको इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको उनले बताए ।

यसैबीच भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट नवलपरासीको सुस्तामा दुई वर्षका बालकको मृत्यु भएको छ ।

सुस्ता गाउँपालिका ३ सेखवानास्थित भित्री सडक खण्डमा यूपी ५६ एम ६४३ जी नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?