+
+
Shares

गोरखामा ब्युटीपार्लर व्यवसायीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १३:०१

२० साउन, गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार रिपोर्ट आउँदा २४ वर्षकी उनमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।

‘साउन १५ गते साथीहरुसँग काठमाडौं जाने क्रममा नागढुङ्गामा पीसीआर परीक्षण भएको रहेछ,’ उनले भने, ‘हिजो रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो ।’

अर्यालका अनुसार साउन १५ गते संक्रमित महिला सहित अन्य तीन जना ट्याक्सी रिजर्भ गरेर काठमाडौं गई सोही दिन गोरखा फर्किएका थिए ।

संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । ‘पहिलो चरणमा संक्रमितको सम्पर्कमा आएका परिवार र नजिकका साथीहरुको परीक्षण गर्छाै, त्यो भित्र पोजेटिभको संख्या बढ्यो भने परीक्षणको दायरा अलि फराकिलो बनाएर मानिसको भिड हुने ठाउँहरुलाई स्क्रिनिङ गर्छाै,’ अर्यालले भने ।

संक्रमितलाई उपचारका लागि गोरखा अस्पतालको आइसोलेसनमा राखिएको छ ।

वडा कार्यालयको सेवा बन्द

स्थानीय व्यवसायीमा कोरोना देखिएसँगै गोरखा नगरपालिका– ९ को वडा कार्यालयबाट उपलब्ध हुदै आएको सबै सेवा बन्द गरिएको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै अर्काे सूचना नआएसम्मका लागि सम्पूर्ण सेवा वन्द गरिएको कार्यालयले जनाएको छ ।

‘कोरोना देखिएपछि जोखिम पनि बढ्यो, फेरि कोरोना पुष्टि भएका व्यवसायीसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम गर्नुपर्ने भएकाले पनि तत्कालका लागि सेवा बन्द गरेका हौ,’ वडाध्यक्ष कुलबहादुर कुवँरले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?