Comments Add Comment

होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ 

२० साउन, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ मा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा मृतक ३५ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि एक्कासी ढल्न पुग्दा सोमबार राति उनको मृत्यु भएको थियो । मृत्यु भएका पुरुष खैरहनी–६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment