Comments Add Comment

मंगलबार १२१५ जना नेपाल आए, ५६ जना विदेशिए

२० साउन, काठमाडौं । त्रिभुवन विमानस्थलमा मंगलबार १२ अन्तराष्ट्रिय उडान-अवतरण सम्पन्न भए । मंगलबार कुल १२१५ जना यात्रु काठमाडौं अवतरण गरे । ५६ जना यात्रु भने विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५३ जना नेपालीलाई स्वदेश फर्काएको छ ।

सोही कम्पनीको जहाजले दोहाबाट १५३ जनालाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले दोहाबाट १५१ जना यात्रुलाई काठमाडौं ल्याएको छ । आज नै जापानको नारिताबाट नेपाल एयरलाइन्सले ३ बच्चासहित २६४ जना नेपालीलाई घर फर्काएको छ । यो जहाजले १५४७  केजी कार्गोसमेत नेपाल ल्याएको छ ।

मंगलबार एयर अरेबियाले सारजहाबाट १६५ जनालाई काठमाडौं ल्याएको छ । मंगलबार फ्लाई दुबईको जहाजले दुबईबाट १५६ र मालिन्दो एयरले क्वालालाम्पुरबाट १७६ जनालाई काठमाडौं ल्याएको छ । फ्लाई दुबई र्फकदा भने ५५ जनालाई बोकेर दुबई उडेको छ ।

यो जहाजले २४५ किलो कार्गो समेत नेपाल ल्याएको छ । मंगलबार इनचानबाट एशियाना एयर कार्गो बोकेर काठमाडौं आएको छ । आजै नेपाल एयरलाइन्सको एक जहाज दोहो र अर्को जहाज दुबई उडे । उता, हिमालयको एक जहाज दमाम र अर्को जहाज आवुधावी उडेका छन् । यी जहाज बुधबार र्फकने छन् ।

इराकको बगदाद उड्दै हिमालय एयरलाइन्स

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार भने १५ अन्तराष्ट्रिय उडान-अवतरणको तालिका रहेको छ । मंगलबार विभिन्न गन्तब्यमा उडेका चार नेपाली जहाज बुधबार र्फकनेछन् । बुधबार हिमालय एयरलाइन्सको जहाज इराकको राजधानी बगदाद जाने भएको छ । यो जहाज बुधबार नै र्फकनेछ । बुधबार फ्लाइ दुबईले दुबईबाट, एयर अरेबियाले सारजहाबाट, कतारले दोहाबाट, भुटान एयरलाइनसले पारोबाट काठमाडौं आउने गरी अनुमति लिएका छन् ।

बुधबार हिमालय र नेपाल एयरलाइन्सका दुई/दुई जहाज चार गन्तब्यका लागि उड्नछन् । उता, बुद्ध एयरको एक जहाज भारतको नयाँ दिल्ली जाने तालिका तय भएको छ ।

आन्तरिकमा भने मंगलबार कुल ९ उडान भएका छन् । मगंलबार समिटको एक र तारा एयरको दुई वटा जहाज कार्गो बोकेर लुक्ला गए । यी जहाज काठमाडौं फिर्ता भइसकेका छन् । मंगलबार मनाङ एयरले ५ यात्रुलाई गोसाइकुण्ड लगेर फिर्ता ल्याएको छ ।

मनाङले ५ यात्रुलाई गोरखा लगेको छ भने फिर्ता आउँदा ५ जना यात्रु नै बोकेर आएको छ । मनाङकै अर्को हेली ५ यात्रु बोकेर खोटाङ लागेको छ । श्री एयरले वीरगन्जबाट ४ यात्रुलाई काठमाडौं ल्याएको छ । सीता एयर ८ यात्रु बोकेर नेपालगन्ज उडेको छ । कैलास हेली ओखलढुंगा उडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment