+
+
Shares

भैरहवामा एक कोरोना संक्रमित सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १९:४२

२१ साउन,बुटवल । रुपन्देहीमा फेरि एकजना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन् ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएका सिद्धार्थनगर–८ का २८ वर्षका पुरुष सम्पर्कविहीन भएका हुन् ।

यसअघि शनिबार सोही अस्पतालमा गरिएको परीक्षणमा बुटवल–६ ठेगाना लेखाएका ४६ र २७ वर्षका पुरुष पोजेटिभ रिपोर्ट आएलगत्तै सम्पर्क विहीन भएका थिए । पछि खोजतलास गर्दा उनीहरु सिद्धार्थनगर–४ मा बस्दै आएका खुल्न आएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनीहरु हालसम्म पनि सम्पर्कमा आएका छैनन् ।

सिद्धार्थनगर–४ का वडा अध्यक्ष मुक्तिनाथ यादवले स्वास्थ्य कार्यालयबाट वडामा बस्दै आएका दुईजना कोारेना संक्रमित सम्पर्कविहीन रहेको जानकारी आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?