Comments Add Comment

सप्तरीमा तीन जनाको मृत्यु : एक जनामा कोरोना पुष्टि, दुईको रिपोर्ट नेगेटिभ

२१ साउन, सप्तरी । सप्तरीमा बुधबार मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टिनमा थिए । मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो ।

थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । तर बाटोमै मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

अब परिवारलाई होम क्वारेन्टिनमा राखिएको बताउँदै उनीहरुको स्वाब संकलन गरिने बताए ।

डाक्नेश्वरी नगरपालिका ९ का ७४ बर्षीय र राजगढ गाउँपालिकाका ७१ बर्षीय बृद्धमा भने कोरोना संक्रमण देखिएन । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको मृत्यु भएपछि यी दुबैको स्वाब संकलन गरी जाँच गर्दा रिेपार्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment