+
+
Shares

भक्तपुरको बोडेमा यसरी नाचे ‘देवगण’ (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ साउन २२ गते ११:२२

२२ साउन, भक्तपुर । गाईजात्राको भोलिपल्टदेखि सुरु हुने भक्तपुरको प्रसिद्ध निलबाराही नाच सुरु भएको छ ।

मध्यपुर थिमि नगरपालिकाको बोडेमा चार दिन चार रातसम्म मनाइने यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र विस्केट जात्रापछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ ।
यस नाचमा भैरव, निलबाराही, कुमारी, सिंह, द्वारपाल, क्षेत्रपाल र गणेशसहितका देवगण नाच्ने गर्छन् ।

नाचलाई मूल ढोकाबाट निकालेपछि विभिन्न टोलमा रहेका देवालयको परिक्रमा गराइन्छ । नाचका क्रममा देवगणहरुले केही खाँदैनन्, कसैसँग बोल्दैनन् र कहीँ बस्दैनन् ।
देवताको मुखुण्डो लगाएका देवगणहरु नाचिरहँदा घर-घरबाट पूजा गर्नेहरुको घुइँचो लाग्छ।

मल्लकालीन समयमा मध्यपुर थिमिमा भूतप्रेत, पिशाचलगायत दानवरूपी आत्माले दुःख कष्ट दिएपछि गाईजात्राको भोलिपल्टदेखि उनीहरुको कष्टबाट छुटकारा पाउन नाचको थालनी गरिएको स्थानीयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?