+
+

बेरुत विस्फोट : नेपाली सकुशल   

रासस रासस
२०७७ साउन २२ गते १४:३३

२२ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् । मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १३५ जनाको मृत्यु हुुनाका साथै चार हजारभन्दा बढी घाइते भएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा लेवनानमा १२ हजारको हाराहारीमा नेपाली छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?