+
+
Shares

नेशनल मेडिकलसँग प्रशासनले माग्यो उपचार नपाएर मृत्यु हुने बिरामीको विवरण

सुरेश बिडारी सुरेश बिडारी
२०७७ साउन २२ गते २०:१०

२२ साउन, वीरगञ्ज । जिल्ला प्रशसन कार्यालयले नेशनल मेडिकल कलेजसँग बिहीबार विहान उपचार नपाएर मृत्यु हुने बिरामीको विवरण माग गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पत्राचार गर्दै नेसनल मेडिकल कलेजलाई तीन दिनभित्र मृतकका बारेमा यथार्थ विवरण दिन आग्रह गरेका छन्।

बिहीबार बिहान मात्र प्रशासनले जनस्वास्थ्यमा खेलवाड नगर्न निजी अस्पताललाई निर्देशन दिएको थियो ।

नेसनल मेडिकल कलेजले उपचार गर्न नमान्दा वीरगञ्ज–११ श्रीपुर बस्ने ६४ वर्षका चलितर महतोको मृत्यु भएको आरोप लागेपछि प्रशासनले कारबाही प्रक्रिया शुरु गरेको बस्नेतले बताए ।

‘निजी अस्पताललाई छुट्टै आइसोलेसन बनाएर अस्पतालमा आएका विरामीहरुको चेकजाँच तथा उपचारको व्यवस्था मिलाउन निर्देशन दिँदै आएका छौं’ उनले भने ‘तर बिहीबार विहान मात्रै नेसनल मेडिकल कलेजले विरामीलाई उपचार नै नगरी फिर्ता पठाएको गुनासो आयो । त्यसैले यथार्थ विवरण के हो ? भनी सोधेका छौं ।’

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले टेलिफोन मार्फत पनि कलेजका निर्देशक र प्रमुख डाक्टरलाई अस्पतालमा आएका बिरामीको उपचारका लागि उचित प्रबन्ध मिलाउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?