Comments Add Comment

कोशी अस्पतालमा कोरोनाको लक्षण देखिएका बिरामीको मृत्यु

२३ साउन, विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । विराटनगर- ९ का ५८ वर्षीय अग्रवाल थरका पुरुषको मृत्यु भएको हो ।

शुक्रबार बिहान आफन्तले अस्पताल पूर्‍याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो ।

आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको पाइएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

एकसाता यता ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएका पुरुषलाई निमोनियाको पनि समस्या थियो । शुक्रबार बिहान ९ : १५ मा अस्पताल आएका थिए । कोरोनासँग मिल्ने लक्षण देखिएकाले शवलाई आइसोलेसनमा राखेर कोरोना जाँचका लागि स्वाब संकलन गरिएको उनले बताए ।

‘लक्षण मिल्दो जुल्दो लक्षण देखिएकाले भएकाले स्वाब संकलन गरी परीक्षणमा पठाएका छौं,’ उनले भने, ‘दिउँसोसम्म रिपोर्ट आउँछ ।’

यसअघि विराटनगरमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भइसकेको छ । विराटनगर – ७ का ७७ वर्षीय वृद्ध र विराटनगर ९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment