+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

कोशी अस्पतालमा कोरोनाको लक्षण देखिएका बिरामीको मृत्यु

हरि अधिकारी हरि अधिकारी
२०७७ साउन २३ गते ११:२९

२३ साउन, विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । विराटनगर- ९ का ५८ वर्षीय अग्रवाल थरका पुरुषको मृत्यु भएको हो ।

शुक्रबार बिहान आफन्तले अस्पताल पूर्‍याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो ।

आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको पाइएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

एकसाता यता ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएका पुरुषलाई निमोनियाको पनि समस्या थियो । शुक्रबार बिहान ९ : १५ मा अस्पताल आएका थिए । कोरोनासँग मिल्ने लक्षण देखिएकाले शवलाई आइसोलेसनमा राखेर कोरोना जाँचका लागि स्वाब संकलन गरिएको उनले बताए ।

‘लक्षण मिल्दो जुल्दो लक्षण देखिएकाले भएकाले स्वाब संकलन गरी परीक्षणमा पठाएका छौं,’ उनले भने, ‘दिउँसोसम्म रिपोर्ट आउँछ ।’

यसअघि विराटनगरमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भइसकेको छ । विराटनगर – ७ का ७७ वर्षीय वृद्ध र विराटनगर ९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?