Comments Add Comment

आफै भित्र खुशी खोज्दै वर्षा

लकडाउनपछि अन्य क्षेत्र चलायमान भएपनि चलचित्र क्षेत्र सुनसान नै छ । चलचित्र क्षेत्रलाई चलायमान बनाउन के गर्न सकिन्छ भनेर चलचित्रकर्मी छलफलमा जुटिरहेपनि समाधान निस्किएको छैन । कोरोना संक्रमण बढेसँगै चलचित्र क्षेत्र तत्काल सुचारु हुने संभावना न्यून बन्दै गएको छ । यसैले, कलाकारहरु पनि अहिले खाली बस्नुपरेको छ ।

बर्ष दिनभरी काममा नै व्यस्त हुने कलाकारहरु लामो समयदेखि खाली बस्दा छटपटी त अवश्य नै हुन्छ । यसमाथि, चलचित्र क्षेत्रमा विगत केही महिनादेखि चलिरहेको विवादले धेरैको छटपटी पनि बढाएको छ ।

नायिका वर्षा राउत पनि लकडाउनको समयमा विवादमा फसिन् । उनको विवादले चर्को रुपमा लिदा उनले माफी नै मागिन् । तर, यसबाट बाहिर आउनका लागि उनलाई सहज भने भएन । अहिले भने वर्षा मुस्कुराउन थालेकी छिन् ।

नायिका राउत अहिले मन्दिरमा पुग्ने गर्छिन् । भगवानको प्रार्थना गर्दै आफै भित्र खुशी खोज्ने प्रयासमा उनी छिन् । वर्षा खुशी खोज्नका लागि टाढा जानु नपर्ने, मन नै शान्त भयो भने खुशी भेटिने बताउँछिन् । यसैले, अहिले शान्त मन भित्र खुशी खोज्ने प्रयासमा छिन् । वर्षाको नयाँ चलचित्र ‘के घर के डेरा’को छायांकन गर्ने तयारी त यसको निर्माणपक्षले गरेको छ । तर, यो तत्काल संभव भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment