+
+
Shares

गुल्मीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १२:४६
फाइल तस्वीर

२३ साउन, गुल्मी । गुल्मीमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्रीको मृत्यु भएको पूर्तिघाट प्रहरी चौकीले जनाएको छ ।

पूर्तिघाटबाट समान लिएर घर फर्किने क्रममा झिसिङ्ग खोलामा पहिरोमा परेर बेपत्ता भएका थिए । स्थानीले खोज्ने क्रममा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय रिडीमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?