Comments Add Comment

बर्दियामा आइतबारदेखि निषेधाज्ञा

२३ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

बर्दियासँग सिमाना जोडिएका भारतलगायत छिमेकी जिल्ला बाँके र कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका कारण जोखिमलाई नियन्त्रणमा लिन साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते मध्यरातसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत गणेश विक्रम शाहले जानकारी दिए ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले अनुमति प्राप्त सवारी साधनबाहेक सबै प्रकारका निजी, सार्वजनिक तथा सरकारी सवारी साधन सञ्चालनमा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको शाहले बताए ।

निषेधाज्ञाको अवज्ञा वा अपहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई कानुन बमोजिम कारबाही हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

बर्दियामा अहिलेसम्म २६२ जना कोरोना संक्रमित फेला परेको प्रशासकीय अधिकृत शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment