
२३ साउन, काठमाडौं । नेपालमा पहिलोपटक कमर्सियल सवारीहरुका ई-कमर्स साइट सार्वजनिक भएको छ । शशीला मोटर्सले नयाँ तथा पुराना दुबै खालका सवारी खरिद-बिक्री गर्न सक्ने गरी वेबसाइट shasheelamotors.com लन्च गरेको हो । अब नलाइनमै बसेर व्यवसायिक सवारीहरु किनबेच गर्न बाटो खुलेको छ ।
यो वेबसाइटमा गएर ग्राहकले आफूले चाहेका नयाँ तथा पुराना सवारी किन्न मात्रै सक्न छैनन्, आफ्नो पुरानो सवारी पनि बिक्री गर्न सक्नेछन् ।
शशीला मोटर्सले अनलाइनमार्फत टाटा मोटर्सको मध्यम क्षमतासम्मका व्यवसायिक सवारी बिक्री गर्दै आएको छ ।
शशीला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाका अनुसार प्यासेन्जर भेहिकल किनबेच गर्ने प्लेटर्फम भएपनि व्यवसायिक सवारीको किनबेचका लागि कुनै प्लेटर्फम नभएकाले शशिलाले यस्तो पहल लिएको बताउँछन् ।
‘यो कमर्सियल सवारीको किनबेचका लागि अनलाइन वानस्टप सोलुसन हो,’ उनी भन्छन्,’अब घरमै बसेर ग्राहले आफूलाई चाहिएको सवारी छानी-छानी किन्न पाउनछन् ।’
आफ्नो पुरानो सबै ब्रान्डमा सबै खालका व्यवसायिक सवारी बिक्रीका लागि पनि वेबसाइटमा ‘सेल’ अप्सन दिइएको छ । ग्राहकले त्यो अप्सनमा गएर आफ्नो सवारीको सामान्य विवरण राखेपछि कम्पनीका मूल्यंकन विज्ञ सवारीको मूल्यांकन गर्न सवारी हेर्न पुग्नेछन् ।
नयाँ सवारी किन्न चाहाने पनि आफ्नो नाम र मोबाइल नम्बर विवरण भरेपछि कम्पनीले तुरुन्तै फोन गरेर समय मिलाएर सवारी देखाउन ग्राहकले चाहेको ठाउँमा लैजानेछ । पुराना सवारीको अर्डर गर्नेलाई पनि सोही प्रक्रियाबाट सेवा दिइनेछ ।
आफ्नो पुरानो सवारी बेच्नेलाई राम्रो मूल्य दिएर अनलाइनबाट सेवा दिइने र त्यसले अहिलेको महामारीको सयममा भेटघाट गर्नुपर्ने अवस्था अन्त्य हुने खतिवडा बताउँछन् ।
‘यो समयमा सकेसम्म हिँडडुल र भेटघाट कम गर्नुपर्नेछ, यस्तो अवस्थामा आफूलाई चाहिएको कमिर्सयल सवारी पनि घरमै बसेर किन्न सकिने भएकाले उपभोक्तालाई कोभिड-१९को जोखिम कम हुन्छ भन्ने विश्वास लिएका छौं ।’
वेबसाइटमार्फत आएका अर्डरलाई आफूहरुले महत्वका साथ डेलिभरी गरिने उनले बताए । सवारी हेर्न चाहनेलाई ग्राहककै दैलोमा लगेर देखाइने भएकाले ग्राहकले पनि सोरुममा धाइरहनुनपर्ने खतिवडा बताउँछन् ।
‘नयाँ युगको माग र प्रविधिलाई हामीले स्वीकारेर अघि बढेका छौं,’ उनले भने,’हामीलाई ग्राहकले विगतको जस्तै उत्साहजनक प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ ।’
प्रतिक्रिया 4