Comments Add Comment

भारतमा ३५ लाख बढी स्वास्थ्यकर्मी हडतालमा 

२३ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि फ्रन्टलाइनमा काम गरिरहेका ३५ लाखभन्दा धेरै स्वास्थ्यकर्मी शुक्रबारदेखि हडतालमा उत्रिएका छन् । तलबमा वृद्धि र पीपीई किट्सको माग गर्दै उनीहरु हडतालमा उत्रिएका हुन् ।

हडतालमा सामेल सेन्टर फर ट्रेड युनियन्सका सचिव एआर सिन्धुले भने, ‘मुलुकमा कोरोना महामारीको विरुद्धमा जारी लडाइँमा अहिलेसम्म कम्तीमा एक सय स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । तर सरकारले उनीहरुलाई कुनै पनि बिमाको सुरक्षा उपलब्ध गराएको छैन ।’

सामाजिक स्वास्थ्य कार्यकर्ताहरु सामान्यरुपमा आर्थिकरुपमा विपन्न मानिसहरुसँग पुग्ने सरकारको पहिलो स्वास्थ्य प्रतिनिधि हुन् । उनीहरुलाई सरकारी मान्यता पनि हुन्छ । उनीहरुको सेवा स्वास्थ्य सुविधाहरु शून्यको हाराहारीमा रहेको स्थानमा निकै महत्वपूर्ण हुने गरेको छ । सरकारले उनीहरुलाई ग्रामीण क्षेत्रमा घर–घरमा गएर कोरोना संक्रमित खोज्ने काममा खटाएको छ । उनीहरु पनि यो हडतालमा सहभागी भएका छन् ।

यो हडतालमा १० कर्मचारी संगठन सहभागी भएका छन् । जसमा एम्बुलेन्स ड्राइभर, कम्युनिटी सेन्टर्समा खाना बनाउने मानिसहरुको प्रतिनिधित्व गर्ने युनियन पनि सामेल छन् । यीमध्ये अधिकांश मानिसहरु राज्य सरकारको कन्ट्र्याक्टमा सीमित तलबमा काम गर्दै आएका छन् ।

भारतमा पछिल्लो समय निरन्तर कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् । कोरोना भाइरसका संक्रमितको हिसाबमा भारत तेस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment