Comments Add Comment

चितवनमा थप दुई जनामा कोरोना संक्रमण

२३ साउन, चितवन । चितवनमा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा भरतपुर महानगरपालिका–१ का ४६ वर्षीय एक पुरुष र ३८ वर्षीया एक महिला छन् । उनीहरु दुवै जना क्वारेन्टिन बाहिरका हुन् ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु दुई जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष र महिला यसअघि बुधबार संक्रमण पुष्टि भएका ७९ वषीय वृद्धका छोरा बुहारी हुन् । वृद्धमा संक्रमण पुष्टि भएपछि उनको छोरा बुहारीको पनि पीसीआर परीक्षण गरिएको थियो ।

भरतपुरकै प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार पर्साको वीरगञ्जका एकजना र सर्लाहीको लालबन्दी–११ का एकजनामा पनि संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज–१० घर भएकी ४२ वर्षीय कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने सर्लाहीका ७९ वर्षीय पुरुषको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको अस्पतालबाटै स्वाब संकलन गरिएको थियो ।

शुक्रबार कुल १३१ नमुनाको परीक्षण गर्दा चितवनका दुई जना तथा पर्सा र सर्लाहीका एक/एकजनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अन्य १२७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment