Comments Add Comment

प्रधानमन्त्रीलाई भेट्न माडी नगरपालिकाको टोली काठमाडौं प्रस्थान

२४ साउन, भरतपुर । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै माडी नगरपालिकाको एक टोली काठमाडौं प्रस्थान गरेको छ । नगर प्रमुख ठाकुर ढकाल नेतृत्वको टोली शनिबार विहान काठमाडौं प्रस्थान गरेको हो ।

टोलीमा उपमेयर ताराकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष प्रभुप्रसाद महतो, माडी नगरपालिका प्रवक्ता एवम् वडा नं. ९ का अध्यक्ष शिवहरि सुवेदी, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य साध्यबहादुर भण्डारीलगायत छन् ।

प्रतिनिधि मण्डलले शनिवार बेलुकासम्म प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ । भेटमा अयोध्याको प्रसंग, माडीका धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वबारे छलफल गर्नुका साथै माडी कुसुमखोला र सुकुम्बासी चेपाङ समुदायको स्थायी बसोबासलगायतका विषयमा कुरा गरिने नगर प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।

‘हिजो प्रधानमन्त्री ज्यूले माडी अयोध्याबारे छलफल गर्नुपर्ने भो तपाईंसहितको टोली काठमाण्डौं आउनुस् भन्नुभयो, त्यसैले अहिले जान लागेको,’ नगर प्रमुख ढकालले अनलाइनखबरसँग भने ।

गएको असार २९ गते भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले पर्साको ठोरी र चितवनको माडी क्षेत्र भगवान रामको जन्मभूमि भएको बताएपछि अहिले यो विषय चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment