Comments Add Comment

पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

२५ साउन, वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् ।

थपिएका संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जना, आफैं जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ५ जना, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरी, ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एकजना रहेका छन् ।

ज्वरोका लक्षण देखिएर कोरोना जाँच गराएका वीरगञ्ज-१० का २४, वीरगञ्ज-२१ का ३२, वीरगञ्ज-४ का २० , वीरगञ्ज-७ का ८६ वर्षीय पुरुष र वीरगञ्ज-३ कि २४ वर्षीया युवती, रुघाखोकी लागेका वीरगञ्ज-१० घडिअर्वाका ४० वर्षीय पुरुष, ज्वरो र खोकीको लक्षण देखिएका पर्साको बहुदरमाई नगरपालिका-७ का २६ वर्षीय पुरुष, भारतीय दूतावासका ३५ वर्षीय कर्मचारी र वीरगञ्ज-१८ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आफैं कोरोना जाँच गराएका वीरगञ्ज- २४ का १६ वर्षीय, वीरगञ्ज-१५ का ४२ वर्षीय, बाराको फेटा गाउँपालिकाका २२ वर्षका, वीरगञ्ज-६ महाविर टोलका ४८ वर्षीय, वीरगञ्ज- ७ कुम्हाल टोलका ३६ वर्षीय पुरुष, वीरगञ्ज-८ लिंकरोडका २८ वर्षीय, वीरगञ्ज-१३ राधेमाईका ५५ वर्षीय, वीरगञ्ज-१६ गणेशस्थानका ४४ वर्षीय, वीरगञ्ज-१६ कै वीरगञ्ज-१६ मिथिलानगरका ३८ वर्षीय, बाराको कलैया-६ का ३३ वर्षीय, परवानीपुर गाउँपालिका-३ का ३२ वर्षीय पुरुष र वीरगञ्ज-१५ भिश्वाकी २८ वर्षीया युवतीमा कोरोना देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा पर्सा अमरपट्टीका २७ र २५ वर्षीया महिला, १२ वर्षीय बालकमा, वीरगञ्ज-११ श्रीपुरका ३० र १८ वर्षीया महिला, वीरगञ्ज-१२ मुर्लीका २२, ४३ वर्षीय पुरुष र ३० वर्षीया महिला, वीरगञ्ज गणेश टोलका ४२, ४२, २१, २२, ५८ वर्षका पुरुष र २० र ५० वर्षीया महिला, वीरगञ्ज-२१ पटेलनगरका २३ वर्ष, वीरगञ्ज पावरहाउसका १९ वर्ष, वीरगञ्ज चिनीमिल क्वाटरका २८ वर्षका, वीरगञ्ज-३ प्रगतिनगरका ५५ वर्षीय पुरुष, वीरगञ्जकै ५९ वर्षीय, वीरगञ्ज-१० घडिअर्वाका २८ र ४० वर्षीय पुरुष, वीरगञ्ज-१४ पिप्राका ५५ वर्षीय पुरुष र वीरगञ्ज-१२ मुर्लीकी ५५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका ३४, ३२, ३०, ३१, २९, २७, २५, २७ वर्षका पुरुष र १५ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएको छ । उनी प्रहरीको परिवारका सदस्य हुन् ।

पकाहामैनपुर गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका २० वर्षका दुई पुरुष, नारायणी अस्पतालका कर्मचारी ४४ र ६० वर्षीय पुरुष, ३३ वर्षीया महिलामा, पर्सागढी नगरपालिका-६ का ५०, ४२, ३२ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिकाको दमकल शाखाका ५० र ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment