Comments Add Comment

दोलखाका बाढी पहिरो पीडितलाई भेट्न पुगे मन्त्री गुरुङ

२५ साउन, काठमाडौं । महिला, बालबालिकातथा ज्येष्ठनागरिकमन्त्री पार्वत गुरुङले दोलखाको बाढी/पहिरो प्रभावित क्षेत्रको स्थगलत अवलोकन गरी पीडितको उद्दार, राहत तथा बसोबास व्यवस्थाका लागि छलफल गरेका छन् ।

गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढी र पहिरोमा परी आफ्नै गुरुङकै गृहक्षेत्र गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौ घर परिवार विस्थापित भएका छन् ।

स्थानीयको राहत तथा बसोबास व्यवस्थापनका लागि मन्त्री गुरुङ आफैं प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा गएका हुन् । जिल्ला दैवीप्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखहरुसहित प्रभावित क्षेत्रमा पुगेका गुरुङले पहिरो प्रभावित टुनिटार,गुरुम्फी लगायतका स्थानीय पीडितलाई भेटेर छलफल गरेका थिए ।

मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाहरुले पीडितका लागि राहत सामग्री पठाइएको र आइतबारबाटै प्राप्त राहत सामग्रीहरुको वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्काले बताए ।

मन्त्री गुरुङको टोलीमा बागमती प्रदेशकी सांसद सरस्वती बस्नेत, भीमेश्वर नगरपालिकाका मेयर भरत केसीसहित स्थानीयतहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासमेत थिए ।

बाढी र पहिरोमा परी कालिञ्चोक गाउँपालिकावडानम्बर ८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको ज्यान गएको थियो भने ठूलै धनमालको क्षतिभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment