Comments Add Comment

सैनामैनामा १८८ जनाले पाए लालपूर्जा

२५ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका करिब दुई सय जनाले जग्गा धनी प्रमाणपत्र पाएका छन् । नापी विभागले सैनामैना नगरपालिकामा पर्ने साविक पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका गाउँ ब्लकका झारबैरा, रन्यौरा, उछडीहवा, लेडुवा, पानवारी, दक्षिण दोगराका गाउँब्लकका १ सय ८८ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको हो ।

जिल्ला नापी कार्यलयका प्रमुख अजित कुंवरले रुपन्देहीमा विगत लामो समयदेखि बाँकी रहेका करिब १४ सय ब्लक मध्ये करिब ८० गाउँ ब्लकमा बस्दै आएका जग्गाधनीलाई प्रमाणपत्र दिइएको बताए । प्रमाणपत्र पाउन छुटेकाले ६० दिन भित्र नापी कार्यालय रुपन्देहीमा सम्पर्क गर्न समेत उनले आग्रह गरे ।

विगतमा जग्गा नापी गर्दा गाउँवस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँ ब्लक जग्गा भन्ने गरिएको छ । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गा धनी प्रमाण पत्र वितरण जारी राखेको सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

गत वर्ष पनि पाँच सय जग्गाधनीलाई प्रमाणपत्र वितरण गरिएको नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । जग्गाधनी पुर्जा पाएपछि ७० वर्षिय सोफु कठरिया थारुलगायत गाउंलेहरुले वर्षौदेखिको प्रयास सफल भएको भन्दै खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment