+
+

नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते ७:०४

२६ साउन, काठमाडौं । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ६ जना फ्रान्सेली नागरिक छन् । अर्का एक जना उनीहरुका स्थानीय गाइड र एक जना गाडी चालक पनि आक्रमणमा मारिएका छन् ।

मोटरसाइकलमा आएका बन्दुधारीले एक्कासी फायर खोलेको र ८ जना मारिएको तिलाबेरी क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

आक्रमण कोउरी क्षेत्रमा भएको हो । कोउरी पर्यटकीय क्षेत्र हो, जहाँ पर्यटकहरु जिराफको झुण्ड हेर्न जान्छन् ।

घटनास्थलमा लासहरु छरिएका थिए भने उनीहरुले प्रयोग गरेको फोरह्वील गाडी पूर्णरुपमा जलेको अवस्थामा फेला परेको थियो ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोले आफ्ना समकक्षीलाई टेलिफोन गरी घटनाप्रति चासो व्यक्त गरेका बीबीसीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?